खबरहबको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा | Khabarhub Khabarhub

खबरहबको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेभेलियन मिडिया प्रालिले सञ्चालनमा ल्याएको खबरहब डिजिटल पत्रिकाले मोबाइल प्रयोगकर्ताको सहजताका लागि बेटा भर्सनको एन्ड्रोइड एप प्रयोगमा ल्याएको छ ।

यो एपमार्फत समाचार, विचार, खेलकुद, मनोरञ्जन, राशिफलसँगै खबरहबका अधिकांश सामग्रीहरू पढ्न सकिनेछ भने रेडियो तथा गीतसंङ्गीत पनि सुन्न सकिनेछ ।

यस्तै महत्त्वपूर्ण ब्रेकिङ समाचारहरू नछुटुन् भन्ने हेतुले पाठकलाई अधिसूचना (नोटिफिकेसन ) पठाउने व्यवस्था मिलाइएको छ । प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार मोबाइल एपमा नोटिफिकसेन सुचारु गर्न र बन्द गर्न सक्नेछन् ।

त्यसैगरी एपमा दैनिक आवश्यक पर्ने क्यालेन्डर, युनिकोड कन्भर्टर, शेयर बजार, विदेशी मुद्रा, सुनचाँदीको मूल्य, मिति परिवर्तन लगायतका फिचर पनि समावेश छन् ।

हाल एन्ड्रोएड प्रयोगकर्ताले प्लेस्टोरमार्फत यो एप डाउनलोड गरी इन्स्टल गर्न सक्नेछन् । एप अपग्रेड गर्दै केही समयपछि एप्पलको आइओएसमा पनि उपलब्ध हुनेछ ।

समाचार, पात्रो, राशिफल, शेयर बजार, रेडियो, युनिकोड लगायत सम्पूर्ण सामग्री एउटै एपमा पाउन यो लिंकमा क्लिक गरेर डाउनलोड गर्न अथवा एन्ड्रोइडको प्लेस्टोरमा गई खबरहब खोजी गरी इन्स्टल गर्न सकिनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : २३ बजे

मधेसमा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

जनकपुरधाम– पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि

नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक छैन : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको

हेपिएको बाली ‘कोदो’ – स्वास्थ्यका लागि राम्रो : माग बढ्दो, उत्पादन घट्दो

काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत

लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि

भारतबाट सात किशोरीको उद्धार

झापा–  वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती