खबरहबको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा « Khabarhub

खबरहबको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेभेलियन मिडिया प्रालिले सञ्चालनमा ल्याएको खबरहब डिजिटल पत्रिकाले मोबाइल प्रयोगकर्ताको सहजताका लागि बेटा भर्सनको एन्ड्रोइड एप प्रयोगमा ल्याएको छ ।

यो एपमार्फत समाचार, विचार, खेलकुद, मनोरञ्जन, राशिफलसँगै खबरहबका अधिकांश सामग्रीहरू पढ्न सकिनेछ भने रेडियो तथा गीतसंङ्गीत पनि सुन्न सकिनेछ ।

यस्तै महत्त्वपूर्ण ब्रेकिङ समाचारहरू नछुटुन् भन्ने हेतुले पाठकलाई अधिसूचना (नोटिफिकेसन ) पठाउने व्यवस्था मिलाइएको छ । प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार मोबाइल एपमा नोटिफिकसेन सुचारु गर्न र बन्द गर्न सक्नेछन् ।

त्यसैगरी एपमा दैनिक आवश्यक पर्ने क्यालेन्डर, युनिकोड कन्भर्टर, शेयर बजार, विदेशी मुद्रा, सुनचाँदीको मूल्य, मिति परिवर्तन लगायतका फिचर पनि समावेश छन् ।

हाल एन्ड्रोएड प्रयोगकर्ताले प्लेस्टोरमार्फत यो एप डाउनलोड गरी इन्स्टल गर्न सक्नेछन् । एप अपग्रेड गर्दै केही समयपछि एप्पलको आइओएसमा पनि उपलब्ध हुनेछ ।

समाचार, पात्रो, राशिफल, शेयर बजार, रेडियो, युनिकोड लगायत सम्पूर्ण सामग्री एउटै एपमा पाउन यो लिंकमा क्लिक गरेर डाउनलोड गर्न अथवा एन्ड्रोइडको प्लेस्टोरमा गई खबरहब खोजी गरी इन्स्टल गर्न सकिनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : २३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको