खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुला « Khabarhub

खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुला


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ।

हरेक वर्ष मन्त्रालयले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्ने गरेको छ। आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरि यो वर्षको पुरस्कारका लागि दर्खास्त आह्वान गरेको छ।

खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र प्रायोजकलाई प्रोत्साहन गर्नका लागि मन्त्रालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

शुक्रबार निर्णय भएपनि मन्त्रालयले आज आफ्नो फेसबुक पेजमार्फत जारी गर्दै २१ दिनभित्र आवेदन पेश गर्न भनेको छ।

यो पुरस्कारबाट हरेक वर्ष नेपाली खेलकुदमा योगदान गरेका १० जनालाई मन्त्रालयले सम्मान गर्दै आएको छ।

राष्ट्रिय प्रतिभा पुरस्कार कार्यविधि २०६८ को अनुससचि २ र ३ को ढाँचा अनुसार निवेदन दिन चाहनेहरुले आवेदन पेश गर्न मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ।

मन्त्रालयले आवेदन आफ्नो जिमेल आईडीमा पठाउन आग्रह गरेको छ। यसअघि यश पुरस्कारबाट सम्मानत भएका व्यक्तिलाई भने सहभागी गराइने छैन्।

मन्त्रालयद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : ५७ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने