खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुला « Khabarhub

खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुला


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ।

हरेक वर्ष मन्त्रालयले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्ने गरेको छ। आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरि यो वर्षको पुरस्कारका लागि दर्खास्त आह्वान गरेको छ।

खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र प्रायोजकलाई प्रोत्साहन गर्नका लागि मन्त्रालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

शुक्रबार निर्णय भएपनि मन्त्रालयले आज आफ्नो फेसबुक पेजमार्फत जारी गर्दै २१ दिनभित्र आवेदन पेश गर्न भनेको छ।

यो पुरस्कारबाट हरेक वर्ष नेपाली खेलकुदमा योगदान गरेका १० जनालाई मन्त्रालयले सम्मान गर्दै आएको छ।

राष्ट्रिय प्रतिभा पुरस्कार कार्यविधि २०६८ को अनुससचि २ र ३ को ढाँचा अनुसार निवेदन दिन चाहनेहरुले आवेदन पेश गर्न मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ।

मन्त्रालयले आवेदन आफ्नो जिमेल आईडीमा पठाउन आग्रह गरेको छ। यसअघि यश पुरस्कारबाट सम्मानत भएका व्यक्तिलाई भने सहभागी गराइने छैन्।

मन्त्रालयद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : ५७ बजे

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको