चन्द्रप्रकाश बानियाँको 'महारानी' लाई मदन पुरस्कार | Khabarhub Khabarhub

चन्द्रप्रकाश बानियाँको ‘महारानी’ लाई मदन पुरस्कार


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७६ सालको मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि लेखक एवं पूर्व सांसद चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने भएको छ ।

वि.सं. २०७६ सालमा प्रकाशित भएका पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएका थिए । तीमध्ये ७ वा पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोटमा परेका थिए ।

‘महारानी’का साथै विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदसम्बन्धी पुस्तक महारसनिघण्टु (१–३), ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको गरी ७ पुस्तक छनोट सूचीमा परेका थिए ।

यस्तै २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिने भएको छ ।

६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पुर्‍याएका भन्दै ठटाललाई पुरस्कृत गर्न लागेको मदन पुरस्कार गुठीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : १८ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार