प्रदेश २ मा थप ४ संक्रमितको मृत्यु « Khabarhub

प्रदेश २ मा थप ४ संक्रमितको मृत्यु


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नम्बर २ मा आईतबार कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने ८२ जना संक्रमित थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ७० पुरुषगरि कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।

२४ घण्टामा थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ । हालसम्म प्रदेशमा २ हजार ३१ महिला र १० हजार ९ सय १५ पुरुष संक्रमित रहेको जनाइएको छ ।

त्यसमध्ये रौतहटमा सबैभन्दा बढी कोराना संक्रमण पुष्टि भएको छ । रौतहटमा आजमात्र २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरी र सिरहामा १८, पर्सामा १२ र सर्लाहीमा ८ मा पुष्टि भएको छ भने ३४ जना संक्रमित निको भएर आफ्नो घर फर्किएका छन् ।

प्रदेशका ३२ पुरुष र २ महिला निको भएर घर फर्केका हुन् । योसहित प्रदेशमा निको हुनेको संख्या ७ हजार ४४ पुगेको छ । अहिलेसम्म निको हुनेहरुमा ८ सय ४ महिला र ६ हजार २ सय ४० जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : ०६ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको