लिग वानमा पीएसजीको दोस्रो जित | Khabarhub Khabarhub

लिग वानमा पीएसजीको दोस्रो जित


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसविरुद्ध जित हात पारेको छ।

आइतबार बेलुका भएको खेलमा पीएसजीले नाइसलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

नयाँ सिजनमा दोस्रो जितका लागि स्टार खेलाडी किलियन एम्बाप्पे, एन्जल डि मारिया र मार्क्युनोसले गोल गरे।

खेलको ३१ मिनेटमा नाइसका खेलाडीले पीएसजीका खेलाडीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। उक्त पेनाल्टी एम्बाप्पेले गोलमा परिणत गर्दै टीमलाई अग्रता दिलाएका थिए।

१-० ले अघि रहेको पीएसजीका लागि पहिलो हाफको अतिरिक्त समयमा डि मारियाले गोल गर्दै टीमलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। यस्तै, मार्क्युनोसले ६६ औं मिनेटमा गोल गर्दै टीमका लागि ३-० गोलको अग्रता बनाएका थिए। नाइसले गोल फर्काउन नसकेपछि मार्क्युनोसको गोल निर्णायक बनेको थियो।

जित हात पारेको पीएसजीले ३ खेलमध्ये २ जित हात पार्दै ६ अंक जोडको छ भने समान ३ खेल खेलेको नाइसको ६ अंक रहेको छ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : २२ बजे

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक

कुलमान पुगे जेन–जी आन्दोलनका शहीद महर्जनको घर

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

एमाले उपाध्यक्ष बादलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरूबाट