क्याम्पसको रकम हिनामिना गरी फरार अभियुक्त पक्राउ « Khabarhub

क्याम्पसको रकम हिनामिना गरी फरार अभियुक्त पक्राउ


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– एक वर्ष अघि बर्दियाको बारबर्दिया नगरपालिकाको सदाशिव बहुमुखी क्याम्पसको रकम हिनामिना गरेर फरार रहेका पूर्व लेखापाल पक्राउ परेका छन् ।

क्याम्पसको रकम हिनामिना गरी फरार रहेका बारबर्दिया नगरपालिका वडा नम्बर ६ का जग्गुलाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई नेपालगन्जस्थित धम्बोजीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।

लेखापाल चौधरीलाई क्याम्पसको १ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत बर्दियाले रकम असुल गरी क्याम्पसलाई बुझाउन फैसला गरेको थियो ।

२०७४ साल चैत ७ गते उनलाई उक्त रकम असुल गरी क्याम्पसलाई बुझाउन अदालतले फैसला गरेको थियो । अदालतको फैसला पछि चौधरी फरार थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ५६ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक