६ महिनापछि आजदेखि आन्तरिक उडान, नेपाल एयरलाइन्सले गर्‍यो पहिलो उडान « Khabarhub

६ महिनापछि आजदेखि आन्तरिक उडान, नेपाल एयरलाइन्सले गर्‍यो पहिलो उडान


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीले बन्द भएका आन्तरिक उडान आजबाट फेरि सुरू भएका छन् ।

सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज बिहान ७ बजेर ४३ मिनेटमा नेपाल एयरलाइन्सले काठमाडौँबाट भोजपुर उडान गरेको छ ।

उक्त उडानबाट १६ जना यात्रुले सेवा लिएका छन् । त्यसअघि आजै समिट एयरले काठमाडौँबाट लुक्काका लागि चार्टर उडान गरेको उनले जनाए । ९ यात्रुसहित समिट एयर बिहान ७ बजेर ४० मिनेटमा उडेको उनले बताए ।

आन्तरिक उडान खुलेसँगै विभिन्न हवाई कम्पनीले आज ५३ देखि ५५ वटासम्म उडान गर्न लागेको प्रवक्ता क्षेत्रीले बताए ।

शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने निर्णय बमोजिम दैनिक ३६-४० नियमित उडान र बाँकी चार्टर हुने उनले बताए ।

उडान सुरू भएसँगै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ पनि चलहपहल बढेको छ ।

यात्रुले सुरक्षा सतर्कताको प्रकिया अपनाउँदा कम्तिमा १ घण्टाको समय गुजार्नु पर्ने भएकले कम्तिमा २ घण्टाअघि नै एयरपोर्ट पुग्न आह्वान गरिएको छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले पूरा यात्रु राखेर उडान गर्न पाउनु पर्ने माग राखेपछ सरकारले गत शुक्रबार पूरै यात्रु राख्न दिने अनुमति दिएको थियो ।

सो लगत्तै विमान कम्पनीहरूले टिकट बुकिङ खुला गरेका थिए । अहिलेसम्म टिकट बुकिङ सन्तोषजनक नै रहेको बायु सेवा सञ्चालकहरूले जनाएका छन् ।

पूरै सिट क्षमतामा यात्रु राख्न पाइने भएपछि पूरानै भाडादरमा उडान भएका छन् । महामारीको समयमा आर्थिक गतिविधि चलायमान नहुँदा यसले यात्रुलाई राहत मिल्ने संघका प्रवक्ता योगराज कँडेलले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ०२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु