सार्वजनिक गाडी खुलेपछि काठमाडौँ भित्रिने र बाहिरिने बढे, एक लाख भन्दा बढीको ओहोरदोहोर | Khabarhub Khabarhub

सार्वजनिक गाडी खुलेपछि काठमाडौँ भित्रिने र बाहिरिने बढे, एक लाख भन्दा बढीको ओहोरदोहोर



काठमाडौं– झण्डै ६ महिना लामो बन्दाबन्दीपछि सार्वजनिक यातायातका सेवा सञ्चालनमा आएका छन् ।

सरकारले बसमा सिट क्षमताको ५० प्रतिशत यात्रु राख्ने र पूरानो भाडादरमा ५० प्रतिशत भाडा बढाएर लामो दूरीका बस सञ्चालन गर्ने निर्णय गरेपछि गत बिहीबारदेखि लामो, मध्यम र छोटो दूरीका सवारी सञ्चालन भइरहेका छन् ।

सडकमा सार्वजनिक सवारीका साधन गुड्न थालेसँगै बजारमा चहलपहल बढेको छ । त्यति मात्र होइन दशैं, तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढिरहेको छ ।

लामो समयको बन्दाबन्दीका कारण जीविकोपार्जनमा कठिनाई भएकाहरू अहिले सामान कुम्लो पारेर गाउँघर फर्किरहेका छन्  । काठमाडौंको नयाँ बसपार्क, पूरानो बसपार्क लगायतका स्थानमा घर फर्कनका लागि टिकट काट्नेहरुको संख्या बढ्दो छ ।

सवारीसाधन सञ्चालनमा आएको ४ दिनमा १४ हजार २ सय २९ वटा निजी तथा सार्वजनिक सवारीसाधन काठमाडौं भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार ४ दिनमा काठमाडौंबाट १४ हजार १ सय ७३ वटा सवारीसाधन बाहिरिएका छन् ।

लामो समयपछि सार्वजनिक सवारीका साधन सञ्चालनमा आएकाले दैनिकजसो यात्रुहरु बाहिरिने क्रम पनि बढिरहेको महाशाखाका एसएसपी भीम ढकाल बताउँछन् ।

‘अहिले दैनिक १० देखि १५ हजार मानिसहरुले काठमाडौं उपत्यका छोडिरहेका छन्, असोज १ गतेदेखि ४ गतेसम्म ५५ हजार ६ सय ४१ जना उपत्यकाबाट बाहिरिएका छन्’, उनले भने ।

काठमाडौं उपत्यका छोडेर बाहिरिनेको संख्या मात्र होइन् विभिन्न जिल्लाबाट काठमाडौं भित्रिनेको संख्या पनि उत्तिकै वृद्धि भएको छ ।

कोभिड १९ का कारण ठप्प भएका व्यापार व्यवसाय बिस्तारै चलायमान हुँदा मानिसहरु रोजगारीका लागि पुनः काठमाडौं फर्किरहेका छन् ।

‘गएका ४ दिनमा ४९ हजार २ सय ६५ जना काठमाडौं भित्रिएका छन्’ ढकालले खबरहबसँग भने, ‘समग्रमा हेर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रेनेको संख्या लगभग उस्ताउस्तै छ ।’

अर्थात् ४ दिनमै काठमाडौँ भित्रिने र बाहिरिनेको संख्या एक लाखभन्दा बढी भएको छ ।

सबै सिटमा यात्रु राख्ने चेतावनी 

यातायात व्यवसायीले भने सबै सिटमा यात्रु राखेर यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

सरकारले एयरलाइन्समा भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेर विभेदकारी नीति लिएको भन्दै यातायात व्यवसायी रूष्ट भएका हुन् ।

जहाजमा पुरा सिटमा मान्छे राख्न दिएर सरकारले सार्वजनिक बसमा विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

सरकारी निर्णय नसच्चिए बाध्य भएर पूर्ण सिट क्षमतामै यात्रु राख्ने उनीहरूको चेतावनी छ । तर, व्यवसायीलाई दोब्बर भाडामा गाडी चलाउन दिइएकाले उनीहरूको अड्डी बेकारको बखेडा मात्रै भएको जानकारहरू बताउँछन् ।

नगरिकलाई सयमा फोन गर्न आग्रह

सवारीसाधनमा स्यानीटाइजरको व्यवस्था गर्नु र सामाजिक दूरी कायम राख्नुपर्ने मापदण्ड रहे पनि कार्यान्वयन भने हुन सकेको छैन ।

व्यवसायी तथा मजदुरहरुले सबै मापदण्डहरु पालना गर्ने भने पनि कार्यान्वयन भएको छैन । यसैकारण नागरिक संक्रमणको अझ जोखिममा परेका छन् ।

यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक महाशाखाको कमिटिले भने मापदण्ड पालना नभएको पाइए अनुगमन गरी कारबाही गर्ने जनाएको छ ।

कमिटीमै रहेका ट्राफिक महाशाखा प्रमुख ढकालले भने, ‘सवारी चालक र सहचालकले मास्क, स्यानिटाइजर, भाइजर, पञ्जा लगायतका सामग्री अनिवार्य लगाउनुपर्छ । यदी त्यस्तो छैन भने नागरिक आफैंले पनि ट्राफिक प्रहरीलाई फोन गर्नु पर्‍यो ।’

सबै स्थानमा प्रहरी पुग्न सक्दैन त्यसकारण प्रहरी अनुपस्थित नभएको खण्डमा नागरिकले १०३ र सयमा फोन गर्न अनुरोध गर्दै उनले भने, ‘कुनले गाडीमा मापदण्ड पालना भएको छैन भन्नेबारे नागरिकले सूचना दिए प्रहरीले तुरून्त त्यहाँ पुगेर कारवाही गर्छ।’

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ५८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड