साढे सात क्विन्टल मटर बरामद | Khabarhub Khabarhub

साढे सात क्विन्टल मटर बरामद


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको साढे सात क्विन्टल मटर महोत्तरी प्रहरीले आज बिहान बरामद गरेको छ ।

जलेश्वर नगरपालिका–१२ स्थित वनको बाटाबाट एक क्विन्टल, एकडारा गाउँपालिका–४ स्थित वनको बाटाबाट ४०० किलोग्राम र मनरासिस्वा नगरपालिका– १० स्थित वनको बाटाबाट २५० किलोग्राम गरी जम्मा सात क्विन्टल ५० केजी मटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले मटर बरामद गरेको तथा तस्कर प्रहरीलाई देखेर भागेको जनाइएको छ ।

बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १२ : ३० बजे

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर