चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला « Khabarhub

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।

बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए ।

नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित एक होटलबाट लु २० प ४०६७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए ।

नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो ।

नेपालका श्रीमती र एक छोरा छन् । उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  २ : ३० बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका