बङ्गलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने | Khabarhub Khabarhub

बङ्गलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपाल र भारतका बहुसङ्ख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुवै मुलुकबीच अझ धेरै सहकार्यको आवश्यकतामा जोड दिए ।

भारतीय राजदूत क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ४० बजे

शुक्लाफाँटा आरक्ष विस्थापित १३ दिनदेखि रिले अनशनमा

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) विस्तारका क्रममा विस्थापित भएका

फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा

हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने

बेरुत- लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका