जिल्ला सभापति दुर्व्यवहारप्रति कांग्रेसको आपत्ति « Khabarhub

जिल्ला सभापति दुर्व्यवहारप्रति कांग्रेसको आपत्ति


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- नेपाली कांग्रेसले गुल्मीमा स्थानीय एक मुद्दामा केन्द्रित रहेर पार्टी जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा प्रहरीले अवरोध गरेको भन्दै आपत्ति जनाएको छ ।

कोरोना भाइरस सङक्रमणको प्रतिकुलता दृष्टिगत गरेर भौतिक दूरी कायम गर्दै निकालिएको र्‍याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीका जिल्ला नेतृत्व र नेता कार्यकर्तालाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरिएको र पार्टीका जिल्ला सभापति भन्ने जानकारी हुँदाहुँदै पनि जिल्ला पार्टी सभापति भुवन श्रेष्ठमाथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुर्व्यवहार गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख छ ।

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत घाइते हुनुभएको कांग्रेसले जनाएको छ । गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न माग गर्दै कांग्रेसले आगामी दिनमा यस्ता प्रकारका घटना नदोहोर्‍याउन गृह प्रशासनलाई चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ०८ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज