विदेशमा अलपत्र नेपाली ल्याउन नियमित उडानको संख्या थप्न आग्रह | Khabarhub Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउन नियमित उडानको संख्या थप्न आग्रह


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारी र अन्य कामले विदेश गएर कोरोना भाइरसको संक्रमण (कोभिड- १९) का कारण अन्तर्राष्ट्रिय हवाइ उडान नहुँदा उतै रोकिएका नेपालीलाई स्वदेश फर्काउन नियमित उडान संख्या थप्‍नुपर्ने सम्बन्धित देशका लागि नेपाली राजदूतहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौं नेपाली स्वदेश फर्किन तयार रहेकाले उडानको संख्या बढाउनका लागि पहल गरिदिन राजदूतहरूले संसदीय समितिलाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसँगको भर्चुअल बैठकमा मलेसिया, खाडी लगायत श्रम गन्तव्य मुलुकका राजदूतहरूले यो आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उक्त कुराको जानकारी गराएको बताउँदै राजदूत पाण्डेले समितिलाई पनि उक्त विषयमा मन्त्रालयसँग छलफल गरिदिन आग्रह गरेका थिए ।

कहाँ कति छन् घर फर्कन चाहने नेपाली

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजारले फर्किनका लागि दूतावासमा नाम दर्ता गराएको बताए ।

स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरूको भिसा अवधि सकिने गरेकाले पनि त्यो संख्या थपिँदै आएको उनले जानकारी दिए । दसैं र तिहारको समय नजिकिँदै गर्दा पनि त्यो संख्या बढ्ने भएकाले प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाइ थियो ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले राजदूतावासमा स्वदेश फर्किनका लागि भनेर नाम दर्ता गराउनेको संख्या ९ हजार २ सय भन्दा बढी रहेको बताए । कतारमा भने त्यसरी स्वदेश फर्किन चाहनेको संख्या २० हजारभन्दा बढी रहेको राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए ।

कतारका लागि दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार भन्दा बढी र दसैं-तिहारमा घर फर्किन चाहनेहरू समस्यामा पर्ने उनको भनाइ थियो ।

साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजारलाई मात्रै पठाउन सकिएको बताए ।

मलेसियाका लागि नेपाली राजदूत पाण्डेले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको भन्दै परिमार्जन गर्न संसदीय समितिलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ३० बजे

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं