त्रिपोलीमा भिडन्त, ज्यान गुमाउनेको संख्या ५६ पुग्यो « Khabarhub

त्रिपोलीमा भिडन्त, ज्यान गुमाउनेको संख्या ५६ पुग्यो


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– लिबियाको राजधानी त्रिपोलीमा भीडन्त हुँदा ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । हाल राजधानी त्रिपोली कब्जा गर्ने सैनिक अभियान अन्तर्गत अघि बढिरहेको खलिफा हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेना र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनाबीच भीडन्त भएको बताइएको छ ।

भीडन्तमा अरु दर्जनौं घाइते भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनका अनुसार त्रिपोली शहरमा मारिनेमा दुई डाक्टर र एकजना एम्बुलेन्सका चालक समेत रहेको जनाइएको छ ।

त्यसबाहेक मारिनेहरुमध्ये लडाकु र सर्वसाधारणको सङ्ख्याबारे भने स्पष्ट खुलाइएको छैन । हालै सार्वजनिक समाचारमा खलिफा हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेना हाल त्रिपोलीको मध्य भागबाट केबल ११ किलोटिरको दुरीमा रहेको र त्रिपोली शहरतर्फ तीब्र आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : २० बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब