टेलिकमको तार चोरी आरोपमा ४ जना पक्राउ | Khabarhub Khabarhub

टेलिकमको तार चोरी आरोपमा ४ जना पक्राउ


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का २१ वर्षीय विजय सहनी, वर्ष १८ का राज सहनी, वर्ष २१ का रबिन सहनी र वर्ष १९ का सुमित सहनी रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले मंगलबार राति ८ बजेतिर चेकजाँचका क्रममा विराटनगर- ४ जमानुगाछीबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले टेलिकमको १५० पेयर,  २२० मिटर केवल तार र को९प ४१५८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चारै जनालाई चोरी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएको राईले बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : २४ बजे

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा