आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै (रूटसहित) | Khabarhub Khabarhub

आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै (रूटसहित)


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् ।

कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट लामो दूरीको बस गुड्न सुरू गर्ने पाण्डेले बताए ।

यस्तो छ रूट

तत्काललाई काठमाण्डौ-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा साझाका गाडी चल्नेछन् ।

ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । असोज १ देखि लामो दूरीको सार्वजनिक गाडी सञ्चालन भएसँगै साझाले पनि सेवा सुरू गर्न लागेको हो ।

यस्तो छ यात्रुले पालना गर्नु पर्ने नियम

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ०८ बजे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२

हजार वर्ष पुरानो ‘गाउँ पूजा’, संस्कार जोगाउन युवा सक्रिय

बागलुङ–  अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा