अनौठो जागिर, बिरालालाई सुरक्षागार्डको जिम्मेवारी « Khabarhub

अनौठो जागिर, बिरालालाई सुरक्षागार्डको जिम्मेवारी


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको महामारीले विश्वभर १ खर्बभन्दा बढी मानिस बेरोजगार भएको तथ्यांकहरु सार्वजनिक भइरहेको छ । यसबेला मानिस रोजगारीको खोजीमा छन् । तर मानिसले खाने जागिर कुनै बिरालोलाई दिइयो भन्दा पत्याउनु हुन्छ ? त्यो पनि सुरक्षाको जिम्मेवारी ।

अस्ट्रेलियाको रिचमण्ड शहरको एपवर्थ हस्पिटलमा एक बिरालोलाई सुरक्षागार्डको जिम्मेवारी दिइएको छ । शहरको एक आवारा बिरालोलाई शहरको सेक्युरीटी टिमले कर्मचारी नियुक्त गरेको हो । सुरक्षागार्डको जागिर पाउने बिरालोको नाम एलवुड हो ।

मानिसको जागिर त्यसमा पनि सुरक्षाको जिम्मेवारी सहितको जागिर बिरालोले पाउनु आफैमा अचम्मको घटना हो । यस घटनाको अर्को रोचक पक्ष के छ भने बिरालोलाई तलब दिदा उसले लिदैन । साथैसुरक्षा टिमले बिना तलब बिरालोलाई जागिरमा राख्न चाहेन । त्यसैले बिरालोको तलब बराबरको रकमले खानपिन र देखभालको व्यवस्था गरिएको छ । यतिमात्र होइन बिरालोलाई एक परिचय पत्रको समेत व्यवस्था गरीएको छ ।

परिचय पत्रमा बिरालोको नाम, फोटो र पद लेखिएको छ । उसको जिम्मेवारीमा असपतालको मुख्य गेटमा बसेर भित्रबाहिर गर्ने मानिसको निरीक्षण गर्नु रहेको छ । बिरालोलाई जागिर दिएको प्रसंगबारे अस्पताल प्रशासनले १ बर्षभन्दा बढि समयदेखि मुख्य द्वारमा बसेर सेक्युरिटी सरहको काम गरेकोले जागिरमा राखिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ७ : ०७ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको