पुष्प र दीपिकालाई लिएर दीपकले 'कृष्ण लीला' बनाउने | Khabarhub Khabarhub

पुष्प र दीपिकालाई लिएर दीपकले ‘कृष्ण लीला’ बनाउने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पुष्प खड्का र दीपिका प्रसाईंको शीर्ष भूमिकामा फिल्म ‘कृष्ण लीला’ निर्माण हुने भएको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गर्ने भएका छन् ।

लकडाउनपछिको नेपाली फिल्म क्षेत्र अझै पनि सुनसान छ । यद्यपि पछिल्लो समय फिल्म निर्माण गर्ने घोषणा भने भइरहेका छन् ।

म्युजिक भिडियोमा व्यस्त रहेका कलाकार पनि अहिले भटाभट फिल्म साइन गरिरहेका छन् । ‘कृष्ण लीला’ मा सञ्चारकर्मीसमेत रहेका लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहनेछ ।

निर्माण टिमका अनुसार यो फिल्म कमेडी कथामा आधारित हुनेछ । यसअघि दीपक ओलीले ‘पण्डित बाजेको लौरी’ नामक फिल्म निर्देशन गरेका थिए । यो फिल्म पनि हास्य चेतमा आधारित थियो ।

साथै फिल्ममा पुष्प र दीपिकासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । फिल्ममा पुष्प एक प्रेमीको भूमिकामा देखिनेछन् ।

रत्न श्रेष्ठले निर्माण गर्ने फिल्मलाई शिव ढकालले छायांकन गर्नेछन् । सम्भव भएसम्म यो फिल्म असोज १५ गतेदेखि फ्लोरमा जाने तयारी निर्माण टिमको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ०७ बजे

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड

कांग्रेसको ‘रोडम्याप’, विश्लेषकहरू भन्छन् : देउवाले ढिलो नगरी नेतृत्व हस्तान्तरण गर्नुपर्छ

काठमाडौँ – भ्रष्टाचार र बेथिति अन्त्यका लागि जेन–जी पुस्ताको दुई

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी– रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८

हुम्लामा सहुलियत पसल सञ्चालन

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले सदरमुकाम