रामहरि श्रेष्ठ हत्या प्रकरण: बटालालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकन निवेदन « Khabarhub

रामहरि श्रेष्ठ हत्या प्रकरण: बटालालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकन निवेदन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तत्कालीन जनमुक्ति सेनाका तेस्रो डिभिजन शक्तिखोजका ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालालाई रामहरि श्रेष्ठको हत्यामा सफाइ दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको छ ।

महान्यायाधीवक्ताको कार्यालयले गत भदौमा फैसला पुनरावलोकनका लागि निवेदन दिए पनि अहिले मात्र यसबारेमा खुलासा भएको हो ।

रामहरि श्रेष्ठको हत्या मुद्दाको फैसलामा अदालतले आफैले स्थापित गरेको नजिर वा कानूनी सिद्धान्त प्रतिकुल भएको पुनरावलोकन निवेदनमा उल्लेख छ ।

सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ फागुन १८ गते बटालालाई सफाइ दिने फैसला गरेको थियो । ‘प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न आएको देखिँदैन,’ फैसलामा भनिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ४८ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।