राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ? « Khabarhub

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।

न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गर्दै उनले ‘हिमालयन सुनामी’ का रूपमा आएको भोटेकोसी–त्रिशूली विपद् कुनै स्थानीय त्रासदी मात्र नभएर सम्पूर्ण मानवताका लागि चेतावनी भएको स्पष्ट पारेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल विकास, शान्ति र युवा राष्ट्रका आशाबारे कुरा गर्न चाहन्थ्यो तर केही साताअघिको विपद्ले देशलाई मृत्यु र विनाशबारे बोल्न बाध्य बनाएको बताए। केही मिनेटमै पुल, सडक, विद्यालय र हजारौँको जीविकोपार्जन बगाएको दृश्यले विश्वलाई झस्काउनुपर्ने उनले बताएका छन्।

करिब तीन वर्षअघि राष्ट्रसंघका महासचिवले सगरमाथाको छायाबाट जलवायु संकटबारे दिएको पुकार विश्वभरका वैज्ञानिक र नेपालले सुने पनि अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वले त्यसलाई गति र स्तर अनुसार ठोस कार्यमा रूपान्तरण गर्न नसकेको भन्दै शाहले असन्तुष्टि जनाए।

जलवायु परिवर्तनले पग्लिँदो पर्माफ्रस्ट, कमजोर हिमनदी र चट्टान पहिरोको जोखिम बढाएर हिमालयको पारिस्थितिक प्रणालीलाई नै अस्थिर बनाएकाले यसलाई नेपालको मात्र नभई विश्वकै साझा चुनौतीका रूपमा लिन उनले आह्वान गरे।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ६ : ३० बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को