बेलायतमा पहिले जस्तो कडा लकडाउन नहुने, विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने « Khabarhub

बेलायतमा पहिले जस्तो कडा लकडाउन नहुने, विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।

उनले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ ।

तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको छ । प्रधानमन्त्री जोन्सनले थप प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएकोमा ती प्रतिबन्धहरु त्यति कडा नरहेका बताइएको हो ।

उनले देशका युवाको भविष्यलाई ध्यानमा राखेर विद्यालय, विश्वविद्यालयहरु खोल्न दिइने बताए । तर उनीहरुले पनि सुरक्षा सावधानीका कार्यहरु भने पूरा गर्नुपर्ने उनले बताए ।

त्यस्तै सावधानीहरु अपनाएर, व्यापार व्यवसाय, होटल रेष्टुरेन्टहरु पनि सीमित संख्याका व्यक्तिहरुलाई मात्र सेवा दिने गरेर केही खुकुलो गरिने र पहिलेको जस्तो कडा खालको लकडाउन नगरिने भएको हो ।

केही आदेशहरु त जारी गरिएका छन् तर ती आदेशहरु पहिलेको जस्तो कडा खालको नभएको बताइएको हो ।

बेलायतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म ३ लाख ९४ हजार २५७ जना संक्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यहाँ दोस्रो चरणमा कोभिडको संक्रमण प्रवेश गरेको बताइएको छ । यसै कारणले यहाँका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो अवस्था पनि आउन सक्ने चेतावनी दिएका थिए ।

महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले थप प्रतिबन्धहरु घोषणा गरेका हुन् ।

यहाँका चिकित्सकहरुले पनि यहाँ कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने बताएका छन् । दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर मात्रामा संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । यो फैलावट यहाँ पहिलो चरणको भन्दा पनि तीव्र रुपमा भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ३८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात