बोल्भ्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो « Khabarhub

बोल्भ्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग क्लब वोल्भ्स (बोल्भरह्यामटन वान्डेरेर्स¬) ले स्पेनिस महारथि बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोलाई भित्र्याएको छ ।

बुधबार बोल्भ्सले सेमेडोलाई ३७ मिलियर पाउण्डमा भित्रेयाएको जनाएको छ । बोल्भ्सका मुख्य प्रशिक्षक न्युनो स्पिरिटो सान्तोले यसअघि टोटनहम गएका माट डोर्हेटीको स्थानमा उनलाई भित्र्याएका हुन् ।

‘विश्वस्तरको क्लबबाट विश्वस्तरको खेलाडी टीममा आवद्ध गर्न पाउने अवसरभन्दा केही हुनै सक्दैन,’ बोल्भ्सका कार्यकारी अध्यक्ष जेफ शाइले बताएका छन् ।

२६ वर्षीय सेमेडोले १ सय १४ पटक बार्साबाट खेलेका छन् भने पोर्चुगलका लागि १३ अन्तर्राष्टिय खेल खेलेका छन् । बार्सिलोनाले उनलाई ३० मिलियन युरोमा बेचेको र १० अन्य खर्चका रुपमा लिएको बताएको छ । सेमेडोले सन् २०२३ सम्मका लागि बोल्भ्ससँग सम्झौता गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ४३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट