बोल्भ्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो « Khabarhub

बोल्भ्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग क्लब वोल्भ्स (बोल्भरह्यामटन वान्डेरेर्स¬) ले स्पेनिस महारथि बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोलाई भित्र्याएको छ ।

बुधबार बोल्भ्सले सेमेडोलाई ३७ मिलियर पाउण्डमा भित्रेयाएको जनाएको छ । बोल्भ्सका मुख्य प्रशिक्षक न्युनो स्पिरिटो सान्तोले यसअघि टोटनहम गएका माट डोर्हेटीको स्थानमा उनलाई भित्र्याएका हुन् ।

‘विश्वस्तरको क्लबबाट विश्वस्तरको खेलाडी टीममा आवद्ध गर्न पाउने अवसरभन्दा केही हुनै सक्दैन,’ बोल्भ्सका कार्यकारी अध्यक्ष जेफ शाइले बताएका छन् ।

२६ वर्षीय सेमेडोले १ सय १४ पटक बार्साबाट खेलेका छन् भने पोर्चुगलका लागि १३ अन्तर्राष्टिय खेल खेलेका छन् । बार्सिलोनाले उनलाई ३० मिलियन युरोमा बेचेको र १० अन्य खर्चका रुपमा लिएको बताएको छ । सेमेडोले सन् २०२३ सम्मका लागि बोल्भ्ससँग सम्झौता गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ४३ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक