कोरोना भाइरस: साफ युथ कम्पिटिसन स्थगित « Khabarhub

कोरोना भाइरस: साफ युथ कम्पिटिसन स्थगित


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले यस वर्ष हुने तय भएको साफ युथ कम्पिटिसन स्थगित गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समाचार प्रकाशित गर्दै साफले युवा खेलाडीका लागि आयोजना हुने प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो ।

एन्फाले साफ युथ कम्पिटिसन जुन महिनामा भएको साफको भर्जुअल मिटिङबाट प्रतियोगिता हाल स्थगित गर्ने निर्णय गरेको जनाएको छ । यो साफका सदस्य राष्ट्रका विभिन्न उमेर समूहका टीमहरुबीच हुने प्रतियोगिता हो ।

कोरोना भाइरसको जोखिम घटेको अवस्थामा यही वर्षको डिसेम्बरसम्म सम्भव भए आयोजना गर्ने तयारी साफले गरेको थियो ।

‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै साफले सबै युथ प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको छ,’ साफले सदस्य राष्ट्रलाई लेखेको छ ।

यसअघि साफले साफ च्याम्पियनसिप २०२० पनि २०२१ सम्मका लागि स्थगित गरिसकेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ३४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट