सडकको पहिरोबाट ट्याक्सी खस्दा एकको मृत्यु « Khabarhub

सडकको पहिरोबाट ट्याक्सी खस्दा एकको मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्दा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सुत्केरीलाई लिएर धादिङबेंसी जाँदै गरेको बा १ज १२६२ नम्बरको ट्याक्सी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट खस्दा सुत्केरीका आफन्तको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङ रहेकी छिन् । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ का अनुसार झण्डै १५० मिटर तल खसेर ट्याक्सी थोपलखोला खेतमा पुगेको छ । उक्त स्थानमा गत साउन ५ को अविरल वर्षाले पहिरो गएको थियो ।

एकतर्फी रुपमा सञ्चालन भैरहेको उक्त जोखिमपूर्ण स्थानमा पहिरो छिचोलेर सवारी चल्ने गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ३१ बजे

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित