पत्रकार शिवाकोटीलाई पाँच लाख रुपैयाको पुरस्कार « Khabarhub

पत्रकार शिवाकोटीलाई पाँच लाख रुपैयाको पुरस्कार


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ ।

सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भएको रोटरीले जनाएको छ ।

सो पुरस्कार महारा काण्ड, बास्कोटा काण्डलगायतका दर्जनौ प्रभावशाली समाचार लेखेर चर्चामा रहेका हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको हो ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले प्रोत्साहन स्वरुप यस वर्षको अवार्ड प्रदान गरिने भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरणलाल श्रेष्ठले जानकारी दिए ।

यसै वर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई/दुई वर्षमा प्रदान गरिने श्रेष्ठले बताए । रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्षसुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा अवार्डको स्थापना गरेका थिए ।

त्यसैगरी ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जनालाई छनौट गरिएको छ । यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी कैलाली छन् ।

त्यसैगरी विभिन्न ५ विधामा निरन्तर कलम चलाएका मध्ये आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौं, शिक्षा पत्रकारितातर्फ दिपेन्द्रप्रसाद सिंह (आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा) काठमाडौं र महिला संचारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौंलाई पनि जनही २५ हजार रुपैयासहितको पुरस्कार प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ०२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या