काउन्सिलका कार्यवाहक अध्यक्षमा बुढाथोकी « Khabarhub

काउन्सिलका कार्यवाहक अध्यक्षमा बुढाथोकी


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन् ।

आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए ।

उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो ।

कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए ।

निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आजै बोर्डसमक्ष दिएको राजीनामा स्वीकृत गरिएको हो । तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यमा भने असोज १२ गतेसम्म रहनेछन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : ३० बजे

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको

ललितपुर महानगरपालिकाले गर्‍यो वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरू)

ललितपुर– ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान ‘को शुभारम्भ गरेको छ ।

संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन

काठमाडौं– म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले संसद्लाई स्कुलको संज्ञा

पश्चिम एशियामा युद्ध चर्किँदा विश्व चिन्तित

काठमाडौं- पश्चिम एशियामा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण,

गृहमन्त्री गुरुङले गरे पशुपति मन्दिरमा दर्शन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका