रामचन्द्र श्रेष्ठ अमेरिकाको कनेन्टिकट राज्यको नगर समितिमा नियुक्त « Khabarhub

रामचन्द्र श्रेष्ठ अमेरिकाको कनेन्टिकट राज्यको नगर समितिमा नियुक्त


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिति सदस्यमा नियुक्त भएका छन् । उनी कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को नगर सदस्यमा नियुक्त भएका हुन् ।

गत सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगर पालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगर पालिकामा एक पद रिक्त भएपछि श्रेष्ठलाई उनले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उक्त पदमा ल्याइएको हो ।

उक्त पद २ वर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले अब बाकि १ बर्ष २ महिना समयअवधि सम्म काम गर्नु पर्नेछ ।

नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० वर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।

श्रेष्ठले आफूलाई गरिएकोमा धन्यवाद दिँदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १२ : ३७ बजे

युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, सात जनाको मृत्यु

बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच

गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि