कोरोना संक्रमित सैनिक जवानको मृत्यु « Khabarhub

कोरोना संक्रमित सैनिक जवानको मृत्यु


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।

रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्यु भएको मृतकका आफन्त दिनेश रावलले बताए ।

उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।

आइसीयूमा पनि उपचार नहुन सकेपछि भेन्टिलेटरमा राखिएको शुक्रबार राति १० बजे उनको मृत्यु भएको जनाइएको छ ।

उनमा कोरोना देखिए पनि डाक्टरहरूले भने छारे (झाँको) रोगले मृत्यु भएको बताएको आफन्त दिनेश रावलले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना