बाढीले डुब्यो रुपन्देही | Khabarhub Khabarhub

बाढीले डुब्यो रुपन्देही


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- शुक्रबार रातिको भीषण वर्षाले रुपन्देहीमा आएको बाढीले विभिन्न स्थानमा क्षति पुराएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खड्काले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानमा बस्तीहरू डुबानमा परेका छन् । केही घर बाढीले बगाएको छ ।

तिलोत्तमा नगरपाललिका-११ मा बाढीले तीन वटा घर बगाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१३, बडउलियामा एउटा घर भत्किएको छ । घर भत्किँदा एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका-१० रम्बादेवीटोल स्थितमा चरङ्गे खोलाको बाढीले एउटा घर बगाएको छ । प्रहरीका अनुसार वर्षाले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा पनि क्षति पुर्‍याएको छ ।

जिल्लाका अधिकांश बस्तीहरू डुबेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १ : १९ बजे

पोखरामा भाइटीका महोत्सव

लेखनाथ (कास्की)- होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा

लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए टीका (तस्बिरहरु)

काठमाडौं- आज यमपञ्चकको प्रमुख दिन भाइटीका देशैभरी मनाइएको छ ।

किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान

सुनसरी–  नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो बर्षको ‘विशिष्ट प्रतिभा सम्मान’

गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता