राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन शुरु « Khabarhub

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन शुरु


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ ।

गत वर्षदेखि नै शुरु भएको उक्त कार्यक्रम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण रोकिएको थियो । कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका आवश्यक उपाय अवलम्बन गरी सामाजिक दूरी कायम गरेर आजबाट जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलनका काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले बताए । उनले भने, “कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलनको काम पुनः शुरु भएको छ, नागरिकता पाएका व्यक्तिले आफ्नो विवरण बुझाउन सक्नेछन् ।”

उनले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गरे । जिल्लाका नौ वटै स्थानीय तहका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत शिबकुमार राईले बताए ।

उनले भने, “राष्ट्रिय परिचयपत्रका लागि विवरण पेश गर्न आएका सबै जनाको हामीले विवरण संकलन गर्न थालेका छौँ, सक्कल नागरिकता बोकेर आएका सबैको विवरण संकलन गरिने छ ।”

जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण संकलन गर्ने प्रजिअ भट्टराईले बताए ।

संंकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ ।

दश अंकको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ ।

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न छ महिना लाग्ने प्रजिअ भट्टराईले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : ०५ बजे

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत