पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी « Khabarhub

पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ ।

दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ ।

“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भने‌‌, “पहिरो निरन्तर गइरहेको र भिरालो जमिनमाथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुनसक्ने अनुमान छ ।” तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने स्वास्थ्य चौकीनै विस्थापिन हुने खतरा छ ।

स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ । झण्डै रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए ।

तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताए ।

झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पुर्याएको छ । पहिरोले स्वास्थ्य चौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : ३५ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी