कङ्गोमा सैनिक जवान कुटिएको घटनाबारे सेनाले थाल्यो छानबिन « Khabarhub

कङ्गोमा सैनिक जवान कुटिएको घटनाबारे सेनाले थाल्यो छानबिन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिकी मुलुक कङ्गोमा भएको सैनिक जवान कुटपिटको घटनाबारे नेपाली सेनाले छानबिन शुरु गरेको छ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरीतको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन शुरु गरिएको हो ।

प्रवक्ता पौडेलले बिहीबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको खबरहबसँग बताए ।

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा सैनिक जवान घाइते भएको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ५२ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष