जिदानले रियललाई सय खेल जिताए « Khabarhub

जिदानले रियललाई सय खेल जिताए


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार राति ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेसँगै पशिक्षक जिनेदिने जिदानले नयाँ कोसेढुङ्गा पार गरेका छन् ।

योसँगै जिदानले रियलको प्रशिक्षकको जिम्मेवारीमा टिमलाई सयौं जीत दिलाएका छन् ।

जिदानले ला लिगामा प्रशिक्षकको रुपमा रियलबाट १ सय ४७ खेलमा प्रशिक्षकको भमिका निभाएका छन् । सय जीतमा ५५ खेल रियलको घरेलु मैदानमा जिताएका छन् भने ४५ खेल अवे म्याचमा जिताएका हुन् ।

जसमा उनको टोलीले ३४२ गोल गरेको छ भने १ सय ४७ गोल खाएको छ । ला लिगामा रियललाई जिदानभन्दा बढी जीत दिलाउने प्रशिक्षक मिगुएल मुनोज हुन् । उनले २ सय ५७ खेल जिताएका छन् ।

जिदानको नेतृत्वमा सन् २०१६/१७ र २०१९/२०को सिजनमा रियललाई ला लिगाको उपाधि दिलाएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : १४ बजे

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित

भक्तपुरको एक विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर– भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ– नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तर्राष्ट्रिय दिवस हो