भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा | Khabarhub Khabarhub

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो घरमा कार्यरत एक जनामा कोरोना संक्रमण भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन्।

उनी आजबाट सेल्फ क्वारेन्टिइनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम वहाँले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफुलाई सेल्फ क्वारेन्टिन गर्नु भएको हो ।’

नेपाली सेनामा हालसम्म २ हजार १९७ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने ५३९ जना निको भइसकेका छन्। अहिले नेपाली सेनामा उपचारत कोरोना संक्रमितको संख्या १ हजार ६५६ रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ५७ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको