भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा « Khabarhub

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो घरमा कार्यरत एक जनामा कोरोना संक्रमण भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन्।

उनी आजबाट सेल्फ क्वारेन्टिइनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम वहाँले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफुलाई सेल्फ क्वारेन्टिन गर्नु भएको हो ।’

नेपाली सेनामा हालसम्म २ हजार १९७ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने ५३९ जना निको भइसकेका छन्। अहिले नेपाली सेनामा उपचारत कोरोना संक्रमितको संख्या १ हजार ६५६ रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ५७ बजे

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी