झिनो अङ्कले उकालो लाग्यो नेप्से « Khabarhub

झिनो अङ्कले उकालो लाग्यो नेप्से


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले वृद्धि भई ३१०.४७ मा पुगेको छ । कूल १९१ कम्पनीको एक करोड ९७ लाख ७२ हजार ३११ कित्ता शेयर रु तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार ३६१ मूल्यमा खरिद बिक्री भए । लगातार नेप्से उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु २१ खर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १३.७४, होटल ५१.७१, विकास बैंक १३, वित्त ११.६३ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले वृद्धि भएको छ ।

यस्तै व्यापार १.९४, जलविद्युत् १३.१, निर्जीवन बीमा ७२.५३, उतपादन ४४.८१, अन्य १.५४, लघुवित्त ६.६२ र जीवन बीमा ८३.५९ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ । होटल समूहका रहेको सो कम्पनीको आज अप्रत्यासित कारोबार भएको छ । सो कम्पनीको रु ४८ करोड ५६ लाख ५१ हजार ८७९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी रु १४ करोड २७ लाख ९७ हजार ९७९, कुमारी बैंक रु १३ करोड १५ लाख ५४ हजार ३८४, सिभिल बैंक रु ११ करोड १० लाख १२ हजार ९३१, नेपाल पुनर्बीमा कम्पनी रु नौ करोड एक हजार ४१५ र अपि पावर कम्पनीको रु आठ करोड ६५ लाख ९७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोबारका आधारमा आज वेस्ट फाइनान्स कम्पनी ९.९२, माउण्टेन हाइड्रो नेपाल ९.६८, नेपाल फाइनान्स ९.५५, रैराङ हाइड्रो पावर कम्पनी ९.५२, घलेम्दी हाइड्रो पावर ९.४७, बरण हाइड्रो पावर ९.४० र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतले कमाए ।

यस्तै, यूनिलिभर नेपाल ७.११, यूनाइटेड मोदी हाइड्रोपावर ५.२६, यूनाइटेड फाइनान्स ४.९६, रिडी हाइड्रोपावर ४.५२ र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : ३० बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना