काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु « Khabarhub

काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाकु- आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५ जना लडाकू मारिएको जनाएका छन् ।

आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ ।

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीहरुबीच जारी लडाईं रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ ।

पूर्वसोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको शुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर संघर्ष हुँदै आएको छ । यस वर्षको सुरुमा र सन् २०१६ मा पनि लडाई भएको थियो ।

रक्षा मन्त्रालयले काराबाखमा सोमबार ३२ जना सैनिकको ज्यान गएको जनाएको छ । गोलाबारीमा परेर आर्मेनियाली क्षेत्रतर्फ सात जनाको एउटा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ ।

आर्मेनियाली रक्षा मन्त्रालयले पहिलो रात र सोमबार बिहान भारी लडाई जारी रहेको जनाएको छ । अजरबैजानी सेनाले आइतबार अखडा जमाएको क्षेत्रलाई पुनः फिर्ता लिएको मन्त्रालयले दाबी गरेको छ ।

तर अजरबैजानले लडाईंमा आफू अझ अघि बढेको जनाएको छ ।

रक्षा मन्त्रालयले भनेको छ, “अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।”

सैनिक कानुन

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरुमा आक्रमण गरिरहेको जनाएका छन्, जबकि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।

अजरबैजानले ५५० जना पृथकतावादी लडाकू मारिएको दाबी गरेको छ, तर आर्मेनियाले उक्त दाबीको खण्डन गरेको छ ।

आइतबारदेखि लडाइँ शुरु हुनुमा दुवै पक्षले एक अर्कामाथि दोष देखाएका छन् ।

मुस्लिम–बहुल अजरबैजान र ईसाई–बहुल आर्मेनियाबीचको लडाईले रुस र टर्कीबीच मतभेद निम्त्याउने सम्भावना पनि छ । आर्मेनियासँग रुसको सैन्य गठबन्धन रहँदै आएको छ भने मुस्लिम–बहुल अजरबैजानलाई टर्कीले समर्थन गरेको छ ।

आर्मेनियाले हिंसात्मक द्वन्द्व बढाउन टर्कीले भूमिका खेलिरहेको र सैन्य सल्लाहकार पठाएको आरोप लगाएको छ ।

फ्रान्स, जर्मनी, इटली, संयुक्तराज्य अमेरिका, युरोपियन युनियन र रसियाले दुबै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् ।

आर्मेनिया र काराबाखले आइतबार सैनिक कानुन र सैनिक परिचालन घोषणा गरेका छन् भने अजरबैजानले ठूला शहरहरूमा सैन्य शासन र कफ्र्यू लगाइएको घोषणा गरेको छ ।

आर्मेनियाका जातीय अल्पसंख्यक पृथकतावादी समूहले सन् १९९० को दशकको शुरुमा अजरबैजानबाट नागोर्नी काराबाख क्षेत्रलाई स्वतन्त्र बनाएका थिए । यसक्रममा करिब ३० हजारको ज्यान समेत गएको थियो ।

दुबै पक्षबीच सन् १९९४ मा युद्धविराम भएको थियो । फ्रान्स, रसिया र संयुक्तराज्य अमेरिकाले “मिन्स्क समूह” बैठकबाट स्थायी शान्तिका लागि मध्यस्थता प्रयास गरेका थिए तर शान्ति सम्झौतामा सन् २०१० मा धक्का लाग्यो । नागोर्नी काराबाख क्षेत्रमा अजरबैजान र आर्मेनियाले आआफ्नो बर्चश्व कायम राख्न प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : ३० बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने