इलाम बन्यो कोरोना शून्य जिल्ला | Khabarhub Khabarhub

इलाम बन्यो कोरोना शून्य जिल्ला


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो ।

गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो ।

जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ०१ बजे

सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ

भगवती-बेगखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको

प्रधानमन्त्री भन्छन्- विकासशील राष्ट्रमा उक्लिँदा सुविधा कटौतीसहितका चुनौती पनि छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गरेका

जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री देउवा

गण्डकी– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले अन्तर्राष्ट्रिय जगत्मा जलवायु

रञ्जितालाई रेशमले भने- कार्यवाहक अध्यक्ष तोक्नु पार्टी विधानविपरीत

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने