प्रजिअलाई कारबाहीको माग गर्दै केसी समर्थकले दिए उजुरी « Khabarhub

प्रजिअलाई कारबाहीको माग गर्दै केसी समर्थकले दिए उजुरी


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डाक्टर केसीका समर्थकहरुले काठमाडौंका प्रमूख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

उनीहरुले प्रमूख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञावाली लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

उनीहरुले अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा तथा डा केसीका माग सम्बोधन गर्न दवाव दिदै गरेको शान्तिपूर्ण भेला भैरहेको ठाउँबाट विना कारण पक्राउ गरेको र पक्राउ गर्दा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको समेत आरोप लगाएका छन् ।

उनीहरुले डा केसीको समर्थनमा शान्तिपूर्ण भेला गर्दा आफुहरुलाई हिरासतमा राखी बन्दक बनाएको र पक्राउको कारण कारणबाट जानकारी समेत नगराएको बताएका छन् ।

डा केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग रादै १९ दिनअघिदेखि अनसनरत छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

डा केसीको जीवनरक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले कालो पट्टि बाँधेर सेवा दिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : २५ बजे

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको