‘गुगल मिट’ अब एक घण्टा मात्रै नि:शुल्क प्रयोग गर्न पाइने « Khabarhub

‘गुगल मिट’ अब एक घण्टा मात्रै नि:शुल्क प्रयोग गर्न पाइने


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ ।

गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो । शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।

गुगलका एक प्रवक्ताले भनेका छन्, विगतमा एक सय जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको छ ।

उनले ‘गुगल मिट’ को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको र गरिएमा जानकारी गराउने पनि स्पष्ट पारेका छन् । उनका अनुसार ‘गुगल मिट’ मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी एउटै डोमिनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्न पनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ । यस्तो सेवा व्यवसायिक उपभोगक्ताहरूलाई मात्रै उपलब्ध हुने पनि गुगलले स्पष्ट पारेको छ ।

त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्तै माध्यमहरूको प्रयोग बढेको छ । अनलाईनमार्फत् बैठक तथा कार्यक्रमहरू गर्नका लागि गुगल मिट जस्तै जुम पनि लोकप्रिय रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ७ : ३९ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित