उपचारपछि नर्वेका राजा हेराल्ड बिरामी विदामा बस्ने « Khabarhub

उपचारपछि नर्वेका राजा हेराल्ड बिरामी विदामा बस्ने


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओस्लो – नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्ने दरबारले जानकारी गराएको छ ।

गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ ।

अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ ।”

उनान्तीस बर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रवार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छैन । उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ ।

सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका उनी युवाअवस्थामा जलक्रिडामा रमाउने गर्थे ।

राजा हेराल्डलाई नर्वेजियालीहरूले एकताका प्रतीकका रूपमा हेर्छन् । उनले स्वास्थ्यमा देखिएको समस्याका कारण तत्काल गद्दी त्याग्ने विचार लिइनसकेको बताइएको छ ।

उनलाई जनवरीमा पनि चक्कर लागेपछि अस्पतालमा एक हप्ता राखिएको थियो । करिब २० वर्ष पहिले उनको मुत्राशयमा क्यान्सर देखिएपछि शल्यक्रिया गरिएको थियो । त्यसपछि सोही दशकमा मुटुको ‘भल्भ’ को पनि उपचार भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ७ : ५२ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित