मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी « Khabarhub

मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । भारतसँग करीब १४ किलोमिटर खुल्ला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुने गरेको छ ।

सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुने गरेको मटर जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन् ।

६ महिनाभन्दा लामो लकडाउनका कारण जिल्लामा अवस्थित १३ वटै भन्सार नाका बन्द परेको अवस्थामा तस्करहरुले झोला, पोका र ठूलाठूला बोरासमेतमा राखेर वन तथा खेतको बाटो हुँदै मटर तस्करी गर्ने गरेका छन् ।

सीमा नाकाका वन तथा खेतमा दैनिक मटर तस्करहरुको मेला लागेको देखिन्छ भने बाढी र वर्षाको पानीले डुबानमा पारेको स्थानबाट पनि ठूलो मात्रामा नै मटर पार हुने गरेको सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरुको भनाइ छ । तस्करहरुले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमा नाकाको गाउँहरु हुँदै मटर तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्ने गरेको गाउँलेहरु बताउँछन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले प्रहरीले जानकारी पाएको खण्डमा कुनै पनि अवस्थामा तस्करीका सरसामान नियन्त्रणमा लिने गरेको तथा तस्करलाई समात्ने प्रयास भइरहेको बताए । सोही क्रममा अहिले दैनिक विभिन्न स्थानबाट मटर बरामद हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ५२ बजे

भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी

लुम्बिनी- लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी

लिबियामा अनियमित आप्रवासीको उद्धार

काठमाडौं- लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गा सहित

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर

आईसीसी विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा शीर्ष छ स्थानभित्र पुग्न