जोरबिजोरमा कडाई, ९ सय सवारीसाधनलाई कारबाही « Khabarhub

जोरबिजोरमा कडाई, ९ सय सवारीसाधनलाई कारबाही


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर प्रणाली लागू गरेको थियो।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिईएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १२ : ५७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा