टाटा मोटर्सका गाडी किन्दा सानिमा बैंकले सहुलियतपूर्ण कर्जा दिने « Khabarhub

टाटा मोटर्सका गाडी किन्दा सानिमा बैंकले सहुलियतपूर्ण कर्जा दिने


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र सानिमा बैंकबीच सम्झौता भएको छ ।

अब टाटा मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि, २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकहरुलाई व्यावसायिक प्रयोजनका सवारीसाधन खरिदमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने जनाइएको छ ।

तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष सौरभराज थपलिया र सानिमा बैंककातर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सरल र सहजकर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङका देशभरि रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १ : ५४ बजे

पानी बोकेरै जवानी गयो…

कालिकोट– देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ

लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी 

काठमाडौं– लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपैयाँ

एमालेका महाधिवेशन प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरूको कति ?

काठमाडौं– पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य ओरालो लागेको छ ।