गुल्मीमा यातायात व्यवसायीले बढी भाडा उठाउँदै | Khabarhub Khabarhub

गुल्मीमा यातायात व्यवसायीले बढी भाडा उठाउँदै


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन् ।

बस, हाइस जस्ता बढी यात्रु बोक्ने सवारी पूर्ववत् ढङ्गले चल्न नसक्दा जीपलगायतका साना गाडीहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । जिल्लाको मुसिकोट नगरपालिकाको वामीबाट सदरमुकाम तम्घाससम्मको भाडा रु ३७० तोकिएको भए पनि जीपले रु ७०० लिएको स्थानीयवासी हिमा रानामगरले बताइन् ।

धुर्कोट गाउँपालिका–­७ वाग्लाकी लक्ष्मी घिमिरे भन्छिन्, “सवारी साधनले बढी भाडा लिएपनि सवारी साधनमा सरकारले तोकेको सामाजिक दूरी कायम भएको छैन ।”

यातायात व्यवसायीहरुको छाता सङ्गठन गुल्मी यातायात व्यवसायी सङ्घका कार्यालय प्रमुख डोरबहादुर कुँवरले यात्रुहरुलाई टिकट काटेर मात्र सवारी प्रयोग गर्न आग्रह गरे । “सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएको छ, काउन्टरबाट सोही शुल्कमा टिकट दिन्छौँ,” उनले भने ।

अत्याधिक वर्षाका कारण जिल्लामा बिग्रिएका सबै सडकको मर्मत नहुँदा कतिपय ठाउँमा जिप पनि जान सकेका छैनन् भने अधिकांश ठाउँमा बस र हाइस चल्न सकेका छैनन् ।

सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन शुरु गरेको छ । जनशक्ति कम भएकाले सबै ठाउँमा अनुगमन गर्न समस्या परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : २८ बजे

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड