ट्रम्प र बाइडेनबीच बहस शुरु « Khabarhub

ट्रम्प र बाइडेनबीच बहस शुरु


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन– अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच बहस शुरु भएको छ ।

दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो । उक्त बहस प्रत्यक्ष प्रसारण गरिएको छ ।

ट्रम्प र बाइडेनबीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको संक्रमण र सर्वोच्च अदालत लगायतका विषयमा केन्द्रित हुने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

हालै राष्ट्रपति ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएको थियो । यता बाइडेनले बहस शुरु हुनुभन्दा केही घण्टाअघि आफ्नो कर विवरण सार्वजनिक गरेका थिए ।

बाइडेनले सन् २०१९ मा करिब ३ लाख डलर कर तिरेको बताइएको छ । द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २०१६ मा ७५० डलर आयकर तिरेका थिए ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : १४ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको