हत्या आरोपमा एक सैनिक पक्राउ « Khabarhub

हत्या आरोपमा एक सैनिक पक्राउ


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जवानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा नेपाली सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार राप्ती नगरपालिका – २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत ८ साउनमा मृत्यु भएको थियो ।

केही दिनअघि पक्राउ परेका ती सैनिकलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले २५ भदौमा किटानी जाहेरी दिएका थिए । आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ ।

राजकुमारसहित सात जनालाई १ साउनमा निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ४५ बजे

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका