ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनबाट फेससिल्ड र मास्क सहयोग « Khabarhub

ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनबाट फेससिल्ड र मास्क सहयोग


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ को महामारीबीच ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।

एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् ।

‘कोरानाको महामारीको समयमा पनि कर्तव्यपालनमा अहोरात्र खटिरहनु भएका ट्राफिक प्रहरी संगठनप्रति हामी गौरावान्वित छौं र त्यसैले उहाँहरुको लागि सानै भए पनि योगदान गर्ने चेष्टा गरेका छौं,’ फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले भनिन्, ‘आशा छ, यसले कर्तव्य पालना गर्दा कोरोनासँग बच्न सहयोग पुर्‍याउनेछ ।’ वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले सहयोगका लागि फाउन्डेसनलाई धन्यवाद दिए ।

गत साता पनि एमएडब्लु फाउन्डेसनले थानकोटस्थित श्री अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेशनरीका लागि आर्थिक सहयोग गरेको थियो । सो आश्रमले नेपालका तीन शाखामा करिब दुई सय १० जना बालबालिकाको रेखदेख गर्नुका साथै शिक्षा दिइरहेको छ ।

एमएडब्लु फाउन्डेसन एमएडब्लु ग्रुपले गर्दै आएको सामाजिक कार्य बढावा दिने र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना भएको सामाजिक संस्था हो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ०३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम