विद्यार्थीले स्कुलमा सौंच गर्न नपाउने ! « Khabarhub

विद्यार्थीले स्कुलमा सौंच गर्न नपाउने !



देवचुली (नवलपुर)– कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरुले भर्ना अभियानसँगै पठनपाठन शुरु गरेका छन् ।

गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ तथा नवलपरासीपूर्वका केही विद्यालयहरुले पठनपाठन सञ्चालन गरेका छन् ।

अधिकांश विद्यालयले आलोपालो गरी विद्यार्थीलाई पठनपाठन सञ्चालन गरेका छन् ।

त्यस्तै, मध्येको एक विद्यालय हो, पूर्वी नवलपरासी देवचुली नगरपालिका १६ स्थित देवचुली मावि । यो विद्यालयले एक सातामा एक दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर पठनपाठन सञ्चालन गरेको छ । तर यो विद्यालयले विद्यार्थीहरुलाई विद्यालयको सौचालय प्रयोग गर्न रोक लगाएको छ ।

कोरोना संक्रमणको त्रासदी रहेकाले विद्यार्थीहरुलाई सौचालय प्रयोग नगर्न भनिएको विद्यालयका एक शिक्षकले बताए ।

साना कक्षाका विद्यार्थीले त्यसो भनेर नबुझ्ने भएकाले ६ कक्षादेखिमाथि मात्रै कक्षा सञ्चालन गरिएको उनले बताए ।

स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो रुपमा एक विद्यार्थी हप्तामा एक दिन मात्रै विद्यालय आउनुपर्ने गरी मिलाएको देवचुली माविका प्रधानाध्यापक नारायण भण्डारीले बताए ।

कावासोती नगरपालिका १२ पिठौलीमा रहेको शान्ति निकुञ्ज माध्यामिक विद्यालयले पनि असोज १ गतेबाट पठनपाठक सञ्चालन गरिरहेको छ ।

विद्यालयमा सामाजिक दुरी कायम गरि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सुरु गरिएको बताइए पनि एउटै बेन्चमा तीन जनासम्म विद्यार्थी राखेर पठन पाठन गरिँदै आएको छ । जिल्ला शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले भने विद्यालय खोल्ने नखोल्नेबारेमा आफूले कसैलाई निर्देशन नदिएको बताउँछन् । पालिकाहरुलाई नै अधिकार प्रदान गरिएकाले पालिकालाई सोध्न पाखरेलले आग्रह गरे ।

उता, गत चैत ११ गतेदेखि बन्द रहेका गोरखाका विद्यालयमा पनि धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रहमा, कतिपय विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।

जिल्लाको ११ वटै पालिकाका ५० प्रतिशत भन्दा धेरै विद्यालयले विद्यार्थी बोलाएरै पढाउन सुरु गरेका शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । सरकारले शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन भने पनि अनिवार्य भर्ना गर्नु भन्ने निर्देशन दिएपछि विद्यालयहरुले पठनपाठन शुरु गरेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ३ : ३० बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि