अमेरिकामा थप ४७ हजारमा कोरोना संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप ४७ हजारमा कोरोना संक्रमण


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा थप ४७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ४७ हजार ३८९ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७४ लाख ९४ हजार ६७१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४७ लाख ३६ हजार ६२१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ४५ हजार ३९० जनामध्ये १४ हजार १९० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९२० जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १२ हजार ६६० पुगेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ४० बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको