सिद्धार्थ बैंकद्वारा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला « Khabarhub

सिद्धार्थ बैंकद्वारा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले ७ वर्षीय ८.५० प्रतिशत ब्याजदर भएको ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ को बिक्री आजदेखि आम सर्वसाधारणका लागि खुला गरेको छ ।

१ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र खुलाउने अनुमती कम्पनीले पाएको थियो ।

उक्त कित्ता मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० कारेड ऋणपूँजी रकम परिपत्र विधि अर्थात प्रइभेट प्लेसमेन्टबाट जारी गरिएको छ भने बाँकी १२ लाख कित्ताले हुन आउने १ अर्ब २० कारोड रकम जसमा ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता सामुहिक लगानी कोषका लागी छुटाई आम सर्वसाधारणका लागी असोज १६ देखि बिक्री शुरु गरिएको छ ।

धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखिमको मूल्याङकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंमको हुनेछ र धितोपत्र निष्काशन मूल्यले सूचिकरण पश्चात धितोपत्र बजारमाहुने कारोबार मूल्य नजनाउने हुदाँ उक्त विवरण पत्रको मूल्याङकन स्वयंम लगानीकर्ताले गर्नुपर्ने धितोपत्र बोर्डका एक अधिकारीले बताएका छन् ।

कम्पनीले पेश गरेको विवरणपत्रका आधारमा विवरणपत्रलाई मूल्यङकन गरि धितोपत्र सम्बन्धी कानुन बमोजिम नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको पनि उनले बताएका छन् ।

यसरी बोर्डले विवरणपत्रमा स्वीकृति प्रदान गरेको कारणबाट कसैले पनि नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय वा सम्बद्ध अन्य नियमन निकायले विवरणपत्रमा उल्लेखित कुराको सत्यता वा निष्काशनकर्ता वा परियोजनाको आर्थिक सक्षमताको बारेमा कुनै प्रकारको प्रत्याभू्ति गरेको वा जिम्मेवारी लिएको नमानिने धितोपत्रबोर्डको भनाई छ ।

सिद्धार्थ बैंकलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले पर्याप्त मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने“ (इक्रा एन पि -आई आर) ए- ” रेटिङ्ग मिति २०७७/०५/०३ मा प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाको समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।

८.५० प्रतिशत एस.बि.एल डिबेन्चर २०८४ धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक एन एम बि क्यापिटल रहेको छ । असोज १६ गते देखि खुलाइएको ऋणपत्र असोज २० गतेसम्मका लागी खुल्लाहुने छ । यदि पूर्णरुपमा आवदेन नपरेको अवस्थामा असोज ३० गतेसम्मका लागि समय लम्बाइने कम्पनीको योजना छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ४९ बजे

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन